दैलेख : पानी ट्याङ्कीमा डुबेर दुई बालबालिकाका मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महत रहेका प्रहरीले जनाएको छ ।
उनीहरुको सोमबार कर्णाली, कोटाछाल, दुल्लू लिप्टिङ खानेपानीको ट्याङ्की बोडघाटमा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले बताए । ‘ सोमबार दिउँसो चार बजे उनीहरु मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो ।’ उनले भने ।










